२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । युरोपेली मुलुक रोमानियामा भएको रेल दुर्घटनामा परी दुई जना नेपाली नागरिकको मृत्यु भएको छ।
रोमानियाली सञ्चारमाध्यमका अनुसार रेलले ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको हो। मृतकहरू २५ र ३६ वर्ष उमेरका नेपाली नागरिक रहेको बताइएको छ। उनीहरूको पहिचान भने खुल्न बाँकी रहेको छ।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३ः२१ बजे भएको हो।
रोमानिया समेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्।
‘दुःखद घटनाबारे बिहानै जानकारी आएको छ। दूतावासले आवश्यक समन्वय गरिरहेको छ,’ साहले बताए।
रोमानियामा करिब ५० हजार नेपाली कामदार रहेको अनुमान छ। तर नेपाल सरकारको त्यहाँ आफ्नै दूतावास वा स्थायी कूटनीतिक संयन्त्र भने छैन। रोमानियासम्बन्धी कूटनीतिक काम जर्मनीस्थित नेपाली दूतावासले हेर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij