Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो

मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो


  • 876
    Shares

    मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो
    images

    काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फ अवरुद्ध बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

    सोमबार दिउँसो सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ ।

    यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।  

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १५:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij