Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

अप्ठ्याराेमा परेकालाई घरमा ग्याँस पुर्‍याउँछौँ : जिप्रका चितवन

अप्ठ्याराेमा परेकालाई घरमा ग्याँस पुर्‍याउँछौँ : जिप्रका चितवन


  • 652
    Shares

    अप्ठ्याराेमा परेकालाई घरमा ग्याँस पुर्‍याउँछौँ : जिप्रका चितवन
    images

    काठमाडौं । चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।

    एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्याँस उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्‍याउने व्यवस्था मिलाएको छ ।

    आज जिल्ला प्रशासन कार्यालय र ग्याँस उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्याँस नपाएको खबर प्राप्त भएमा घरमा नै ग्याँस पठाउने व्यवस्था गरिएको जानकारी दिए ।

    व्यक्ति विशेषले समेत ग्याँस नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ । जिल्लामा बाबा, साइबाबा र नेपाल ग्याँस उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्याँसको बजार क्षेत्र चितवन हो ।

    चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्याँस अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्याँसका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्याँस आएकाले बजारमा अभाव नहुने जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १४:०८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij