२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । अवैध नगद र हुन्डीको रकम लुकाएको सूचनाका आधारमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर तथा कार्यालयमा छापा मारेको प्रहरी टोली रित्तो हात फर्किएको छ ।
मोरङ प्रहरीले सोमबार बिहान करिब साढे ४ बजेदेखि मुन्दडाको निवास र कार्यालयमा खानतलासी गरेको थियो । करिब ५ घण्टासम्म चलेको खोजतलासका क्रममा कुनै पनि शंकास्पद वस्तु वा रकम फेला नपरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
एसपी कटवालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । घरदेखि कार्यालयसम्म विस्तृत खानतलासी गर्दा पनि अवैध रकम वा अन्य सामग्री नभेटिएको उनले बताए ।
चाँदीको व्यापारमा स्थापित व्यापारीका रूपमा चिनिएका मुन्दडाको घरमा प्रहरीले छापा मारेपछि देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले पनि खानतलासीका क्रममा केही फेला नपरेको बताए ।
उनका अनुसार प्रहरीले बिहानै पुर्जी देखाएर खानतलासीका लागि आएको जानकारी दिएको थियो । परिवारले प्रहरीलाई पूर्ण सहयोग गरेको र सबै स्थान जाँच गरेपछि केही नभेटिएपछि टोली फर्किएको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij