Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन

ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन


  • 3.9K
    Shares

    ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन
    images

    पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ। 

    ब्रोड पिक आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेर ६ नेपालीसहित १० आरोही हराएका थिए। उनीहरू सबैको निधन भएको जनाइएको छ। हिमपहिरोमा हराएका १० जनामध्ये चार शव शुक्रबार भेटिएको थियो। उनीहरूमध्ये तीन जनाको शुक्रबार नै पहिचान खुलेको थियो। 

    अन्य आरोहीको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।’

    ब्रोड पिक आरोहणका क्रममा ज्यान गएका नेपाली आरोहीमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्।  

    आरोहण दलका १० मध्ये चार जना विदेशी छन्। विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।

    ओमानकी नाधिरा र अमेरिकी नागरिक म्यालोरी गाइसको शुक्रबार नै शव भेटिएको थियो।

    प्रकाशित मिति :श्रावण १६ २०८३ शनिवार - १९:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij