Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

बेइक बीजे३०ई नेपालमा सार्वजनिक हुने

बेइक बीजे३०ई नेपालमा सार्वजनिक हुने


  • 1.9K
    Shares

    • images
    बेइक बीजे३०ई नेपालमा सार्वजनिक हुने
    images

    काठमाडौं । लक्ष्मी ग्रुपले नेपाली अटो बजारमा नयाँ प्लग–इन हाइब्रिड एसयूभी बेइक बीजे३०ई भित्र्याउने भएको छ।

    अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको यो एसयूभीले आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनको संयोजन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

    ‘बर्न रग्ड अवधारणामा आधारित बेइक बीजे३०ई सहरका सडकदेखि चुनौतीपूर्ण अफ–रोड मार्गसम्म सहज र आत्मविश्वासका साथ सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ।

    यस एसयूभीमा स्मार्ट फिचर, अत्याधुनिक प्रविधि र बलियो अफ–रोड क्षमता समावेश गरिएको छ, जसले साहसिक यात्रा मन पराउनेदेखि दैनिक प्रयोगकर्तासम्मलाई लक्षित गर्ने कम्पनीको भनाइ छ।

    नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणका बीच बेइक बीजे३०ईको आगमनले ग्राहकलाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। उत्कृष्ट अफ–रोड क्षमता, आधुनिक सुविधासहितको यो प्लग–इन हाइब्रिड एसयूभीले नेपाली एसयूभी बजारमा छुट्टै पहिचान बनाउने विश्वास लक्ष्मी ग्रुपले व्यक्त गरेको छ। 

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १८:११:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij