२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । साताको चौथो काराबारको दिन बिबिहबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ ।
आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ ।
सबै समूहगत सूचक घटे घटेको छ । विकास बैंक र जलविद्युत् समूह १ प्रतिशतभन्दा धेरै घटेको छ । बैंकिङ ०.३३, विकास बैंक १.१२, फाइनान्स ०.१३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् १.२०, लगानी ०.५५, जीवन बीमा ०.४२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.१९, अन्य ०.६९ तथा व्यापार ०.४२ प्रतिशत घटेको छ ।
नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । यस कम्पनीको मूल्य प्रतिकित्ता ११३८ रुपैयाँ पुगेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको २.८८, शुभम् पावरको २.१५, तारागाउँ रिजेन्सीको २.०१ प्रतिशत मूल्य बढेको छ ।
कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६८, सोलु हाइड्रोपावरको ३.८२, रिजलाइन इनर्जीको ३.४७ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij