२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिवार स्थानीय बजारमा सुनको मूल्य केही बढेको छ भने चाँदीको घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० ले बढेको छ भने चाँदी १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० निर्धारण भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij