२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता हुने सम्भावना सकिएको बताएका छन् ।
अध्यक्ष ओलीले पार्टीमा एकताका लागि राखेको ६ बुँदे प्रस्तावको जवाफ दिँदै नेता नेपालले सोमबार विभिन्न सर्त तेर्स्याएका छन् ।
त्यसको भोलिपल्ट मंगलबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ती सर्त स्वीकार गर्न नसकिने बताएका हुन् । त्यस आधारमा त बरु नेपाली कांग्रेससँग एकता हुन सक्ने माधव नेपाल समूहसँग हुन नसक्ने टिप्पणी उनले गरेका छन् ।
‘अब जेठ २ को रटानको अध्याय सकिएको छ । माधव कु. नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला,’ प्रेस सल्लाहकार थापाले भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन, तोरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयो! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौं ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij