२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । अभिनेत्री निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक टिजरमा दिदी भाईको माया दर्साइएको छ।
अटिजम भएकी दिदी र भाइबिचको मायाले दर्शकलाई भावुक बनाउँछ। पार्वती अर्थात निता र किरण भाइ अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेन्ड लामो टिजरमा अटाइएको छ।
आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ । फिल्मको यश अघि सार्वजनिक रत्यौली गीत ‘नौतुना रेलैमा’ले दर्शकको मन जितिसकेको छ ।
अभिनेत्री ढुङ्गानाकै कथामा बनेको फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। निताका साथमा अशोक दर्जी,दीपाश्री निरौला,सिरु विष्ट,राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय गरेको छ। फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको फिल्ममा नृत्य रामजी लामिछानेको छ।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। दीपक शर्मा,बाबुल गिरी,प्रशान्त सिवाकोटीको फिल्मको वितरणको एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij