Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार

लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार


  • 1.2K
    Shares

    लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। योसँगै कारोबार पनि लगातार तेस्रो घटेको छ। गत सोमबारदेखि घटेको नेप्से र कारोबारले आज पनि निरन्तरता पाएको हो।

    नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ। कारोबार पनि घटेर ४ अर्ब रुपैयाँमा खुम्चिएको छ। बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। 

    सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । अन्य समूह ०.४३ प्रतिशत बढ्यो भने अरु घटेको छ। । बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार ०.०१ प्रतिशत घटेको छ।।

    सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्ने क्रम आज पनि जारी रह्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५, मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।

    मातृभूमि लघुवित्तको मूल्य ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो । घटेको बजारमा आज एभरेष्ट कलरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने गरिमा समृद्धि योजनाका इकाइहरुले सर्वाधिक गुमाएका छन्।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १५:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij