२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको दोस्रो कारोबार दिन मंगलवार पनि शेयर बजार घटेर नै बन्द भएको छ । आज नेप्से परिसूचक ४.६४ अंकले घटेर २,६९६ को विन्दुमा कायम भएको छ ।
आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ ।
चार समूहगत सूचक बढेको छ । फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.१८, व्यापार ०.७४ र जलविद्युत् ०.१५ प्रतिशत बढेको छ । बैंकिङ ०.०७, विकास बैंक ०.१९, लगानी ०.७९, जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.२४ तथा अन्य ०.८० प्रतिशत घटेको छ ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै याम्बलिङ हाइड्रोपावरको ४.३९, सिर्जनशील लघुवित्तको २.९९, सानीगढ हाइड्रोको २.८८ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ९ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij