२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २,७३४ को विन्दुमा कायम भएको छ ।
आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै विकास बैंक ०.९६, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशत बढेको छ । व्यापार ०.३५, अन्य ०.२६, उत्पादन तथा प्रशोधन ०.५९, जलविद्युत् ०.१२ तथा फाइनान्स ०.१५ प्रतिशत घटेको छ ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै सगरमाथा जलविद्युतको ६.५९, खानीखोला हाइड्रोपावरको ६.००, झापा इनर्जीको ५.५० तथा दरामखोला हाइड्रो इनर्जीको ४.६८ प्रतिशत मूल्य बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.३८, बोटलर्स नेपाल बालाजुको ३.००, नाडेप लघुवित्तको २.८९, सोलु हाइड्रोपावरको २.८९ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij