Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सरकारले दलहरुबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौंः ओली

सरकारले दलहरुबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौंः ओली


  • 1.1K
    Shares

    सरकारले दलहरुबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौंः ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरुमाथि प्रतिशोधपूर्ण आक्रमण गरिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले सरकारले आफूमाथि प्रतिशोध साँधेर पूर्वाग्रहपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। उनले मुद्दा चलाउने आधारबिना आफूलाई १५ दिनसम्म हिरासतमा राखेदेखि राजनीतिक प्रतिशोधको श्रृंखला नरोकिएको टिप्पणी गरेका छन् । उनले सरकारले दलहरुलाई परामर्शबाट बाहिर राख्ने, अनादर गर्ने, कुप्रचार गर्ने र झुटा आरोप लगाउने कार्य गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिवादमा उत्रिनुपर्ने बताएका छन् । 

    उनले भने, ‘ अहिले राजनीतिक दलहरू गत वर्षको भदौ २३ र २४ गतेबाट नै आक्रमणको शिकार भएका छन् । सरकार बन्ने बित्तिकै पूर्वप्रधानमन्त्रीलाई फलानालाई गिरफ्तार गर्ने भन्ने निराधार, पूर्वाग्रहपूर्ण दुनियाँमा कहीँ पनि हुँदैन । निराधार गिरफ्तार गर्ने निर्णय गरेर रातभरि लगाएर बिहानको राति नै निर्णय कार्यान्वयन गर्ने ठाउँमा पुगे । अवैध ढंगले १५ दिन १३ दिन मलाई हिरासतमा राख्ने काम किन रु सरकारले केही पनि मुद्दा त चलाउन सकेन । गजब छ, अदालतको बारेमा म केही भन्न चाहन्न । त्यसयता अब के–के घटना भए कुरै नगरौँ । रमेश लेखकलाई गिरफ्तार गरियो, केही पनि छैन, छुट्यो । फेरि प्रतिशोध, अर्को प्रतिशोध । विष्णु पौडेलजी नेकपा एमालेका उपाध्यक्ष, पूर्वअर्थमन्त्री, उपप्रधानमन्त्रीजी पार्टीको कामको सन्दर्भमा सुर्खेत पुग्नुभएको थियो, उहाँलाई गिरफ्तार गरियो । भोलि बिहानै उहाँ काठमाडौं आउँदै हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै सरकारले गिरफ्तार गरेर काठमाडौंँ ल्यायो । यो कस्तो प्रतिशोध हो रु कता जाँदैछ देश रु त्यसकारण लोकतन्त्र फर्काउनुपर्नेछ । त्यही बेलादेपख राजनीतिक दलहरूसँग परामर्श गरिएन।  राजनीतिक दलहरूलाई अनादर, उपेक्षा, अपहेलना गरेर र घृणाको पात्र बनाएर, कुप्रचार गरेर, झुटा आरोप थोपरेर चलेको छ । यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।’

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १७:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij