Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भन्सार विन्दुमा मालवाहक रेलबाट बस्तु आयात हुन थाले, ढुवानी खर्चमा उल्लेखनीय बचत

भन्सार विन्दुमा मालवाहक रेलबाट बस्तु आयात हुन थाले, ढुवानी खर्चमा उल्लेखनीय बचत


  • 1.0K
    Shares

    भन्सार विन्दुमा मालवाहक रेलबाट बस्तु आयात हुन थाले, ढुवानी खर्चमा उल्लेखनीय बचत
    images

    काठमाडौं । नेपालको दोस्रो भन्सार विन्दुमा मालवाहक रेलबाट बस्तु आयात हुन थालेसँगै निजी क्षेत्र उत्साहित देखिएको छ । 

    यस्तो सेवा यसअघि वीरगञ्ज नाकासम्म मात्र सीमित थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट २०८० जेठ १८ गते हरियो झन्डा देखाएर नेपाल–भारत रेल्वे सेवा शुभारम्भ गरेका थिए । त्यही दिन नयाँ पारवहन सन्धीमा पनि हस्ताक्षर भएको थियो ।  त्यसको १३ वर्षपछि मात्र भारतको कोलकाताबाट बल्क तथा कन्टेनर कार्गो रेल नेपालतर्फ गुड्यो । सोमबार विराटनगर कस्टम यार्डसम्म आइपुगेको  रेलले ल्याएका मालबस्तु एकीकृत जाँच चौकी (आईसीपी) मा ‘अनलोडिङ’ कार्य भइरहेको छ । 

    रेलले पहिलोपटक ल्याएको सरसामान उतार्नेक्रममा  त्यसको अवलोकन–निरीक्षण गर्न उद्योगी, व्यवसायी तथा निजी क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी आईसीपी यार्डसम्म पुगेका थिए । उनीहरूले रेलका कारण ढुवानी खर्च कम हुने भन्दै खुसी व्यक्त गरेका छन् । विगतमा मालवाहक ट्रकबाट औद्योगिक कच्चा पदार्थ र अन्य उपभोग्य बस्तु आयात हुन्थ्यो । अब रेलबाट एकै पटकमा ठूलो परिमाण ल्याइँदा लागत घट्ने भएको हो । औद्योगिक कच्चा पदार्थसहित अन्य आयातित बस्तुमा लाग्ने विभिन्न अतिरिक्त मूल्य नलाग्दा यसले उपभोक्तालाई समेत फाइदा पुग्ने उद्योगीहरूको भनाइ छ । 

    कार्गो रेल सेवा उद्घाटन भई आईसीपीको नेपालतर्फको ट्रयाक परीक्षण भएको तीन वर्षपछि मात्र मालवाहक रेल सीमावारिको भन्सार बिन्दुको (कस्टम यार्ड) सम्म आइपुगेको हो । भारतको बथनाहाबाट आएको ‘ट्रयाक ज्योमेट्री कार’ ले लिक परीक्षण गरेपछि रेल भने आएको थिएन । स्वस्तिक आयल इन्डस्ट्रिजले ‘क्यानोला ग्रेन’ रेल कार्गोमार्फत पहिलो पटक आयात गरेको हो । ती सामान ४० कन्टेनरमा ल्याइएको छ । 

    भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ प्रणाली सम्बन्धी व्यवस्थामा संशोधन गरेपछि रेलमार्गमा कार्गो ढुवानी गर्न मिल्ने बाटो खुला भएको हो । यसबारे कलकत्ता महावाणिज्य दूतावास कार्यालयले रेलमार्फत ढुवानी गर्न सकिने सूचित गरेपछि निजी क्षेत्रले आयात गर्न शुरु गरेका हुन् ।

    यस सम्बन्धी सूचना भारतले सन् २०२५ नोभेम्बर ४ मा प्रकाशन गरेको थियो । अब भारतको कोलकाता, हल्दीया र विशाखापटनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी गर्न मिल्छ । 

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १५:०७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij