२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ।
स्थानीयले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। ट्यांकीभित्र भेटिएका दुवै शव पुरुषको रहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ। उनीहरूको पहिचान र घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनास्थलको मुचुल्का लगायतका प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij