Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

पाकिस्तानमा दुई वटा रेल एकआपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० घाइते

पाकिस्तानमा दुई वटा रेल एकआपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० घाइते


  • 5.8K
    Shares

    पाकिस्तानमा दुई वटा रेल एकआपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० घाइते
    images

    पाकिस्तानमा दुई वटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार सिन्ध प्रान्तको घोट्की जिल्लाको डहरकीमा मिल्लत एक्सप्रेस र सर सैयद एक्प्रेस रेल ठोक्किएका हुन् । 

    पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

    पाकिस्तानी प्रहरीका अनुसार मिल्लत एक्सप्रेसका दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले डनलाई बताएका छन् ।

    घोट्कीका उपआयुक्त उस्मान अब्दुल्लाहले दुर्घटनामा ३० जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको बताएका छन् । जियो न्युजसँगको कुराकानीमा उनले कम्तीमा पनि १३ वटा डिब्बा लिकबाट पल्टिएको बताएका छन् ।

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - ११:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij