२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसहित रोल्पा, दाङ, अर्घाखाँची लगायत आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। स्थानीयहरूले केही समय कडा धक्का महसुस भएको बताएका छन्।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन। सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij