२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं। नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक जना युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्।
बिहीबार दिउँसो करिब १ बजेर १० मिनेटमा विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूलीमा हाम फालेका हुन्।
नयाँ पुलबाट हाम फालेर बेपत्ता भएका मग्रातीको खोजी भइरहेको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। उनको खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली सक्रिय छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij