Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरु)

वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरु)


  • 1.5K
    Shares

    वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरु)
    images

    काठमाडौं । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ । लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ । 

    तालको मुहान क्षेत्रबाट बगेर आएको भलका कारण सिमसार र आसपासका खेतबारीहरू पूर्ण रूपमा जलमग्न भएका छन् । वर्षा थामिएपछि तालको सतह यति शान्त र कञ्चन देखिएको छ कि वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब पानीमा स्पष्ट देखिन्छ । 

    यस मनमोहक दृश्यलाई कैद गर्न र तालको बदलिएको स्वरूप अवलोकन गर्न लेकसाइड क्षेत्रमा स्थानीय तथा पर्यटकहरूको भीड लाग्न थालेको छ । यद्यपि, बढेको जलस्तरले केही चुनौती र गम्भीर प्रश्नहरू पनि खडा गरेको छ । पोखरा महानगरपालिकाले फेवातालको सीमाना छुट्याउन गाडेका ‘जङ्गी पिल्लर’हरू र ‘तालघर’ भनिएको क्षेत्रसमेत अहिले पानीमा डुबेका छन् ।

       

     

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १२:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij