Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

कर्णालीमा कांग्रेसबाट थपिएका दुई मन्त्रीले दिउँसो दुई बजे शपथ लिँदै

कर्णालीमा कांग्रेसबाट थपिएका दुई मन्त्रीले दिउँसो दुई बजे शपथ लिँदै


  • 5.7K
    Shares

    कर्णालीमा कांग्रेसबाट थपिएका दुई मन्त्रीले  दिउँसो दुई बजे शपथ लिँदै
    images

    वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन् ।

    नेपाली कांग्रेसको तर्फबाट सरकारमा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका छन् । उनीहरु दुवै जनाले आज दिउँसो दुई बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो । साथै एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। फ्लोर क्रस गर्ने चार मध्ये तीन जना अहिले सरकारमा मन्त्री छन् ।

    कांग्रेस सुरुमा सरकारमा नगए पनि लामो छलफल पछि सरकारमा जाने निर्णय गरेको हो ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १२:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij