Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सप्तरीमा फेला परेका 'रोहिंग्या'लाई मानवसेवा आश्रम पठाइयो

सप्तरीमा फेला परेका 'रोहिंग्या'लाई मानवसेवा आश्रम पठाइयो


  • 1.1K
    Shares

    सप्तरीमा फेला परेका 'रोहिंग्या'लाई मानवसेवा आश्रम पठाइयो
    images

    काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिकामा पहिचान नखुलेका एक विदेशी नागरिक फेला परेका छन्। उनी म्यानमारबाट विस्थापित भई बङ्गलादेश पुगेका रोहिंग्या मुस्लिम समुदायका सदस्य हुनसक्ने अनुमान गरिए पनि सप्तरी प्रशासनले उनलाई जनकपुरस्थित मानवसेवा आश्रम पुर्‍याएको छ।

    नेपालमा अनधिकृत रूपमा प्रवेश गर्ने शरणार्थी र उनीहरूको व्यवस्थापनमा देखिएको नीतिगत अन्योलका कारण ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्‍याइएको स्रोतले जनाएको छ। यसरी फेला परेका थिए विदेशी नागरिकगत असार २७ गते साँझ करिब ५ बजे कञ्चनरूप नगरपालिका–२ बरमझियामा अन्दाजी ५५ वर्षीय एक पुरुष फेला परेका थिए। 

    स्थानीय बासिन्दाका अनुसार केही व्यक्तिले उनलाई भारततर्फबाट नेपालतर्फ ल्याएर छाडेर गएका थिए।स्थानीयले खबर गरेलगत्तै कञ्चनपुर इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर ती पुरुषलाई नियन्त्रणमा लिएको थियो।

    नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नेपाली, हिन्दी, मैथिली वा अङ्ग्रेजी जस्ता सामान्यतया बोलिने कुनै पनि भाषा बुझ्न वा बोल्न सकेनन्। प्रहरी स्रोतका अनुसार उनले कुराकानीका क्रममा ‘टाका’, ‘बङ्गलादेश’ र ‘अल्लाह’ जस्ता सीमित शब्दमात्र उच्चारण गरेका थिए। 

    उनी हानिफी लिपिका केही शब्दहरू बुझ्ने भएकाले म्यानमारबाट विस्थापित रोहिंग्या हुनसक्ने सुरक्षाकर्मीको अनुमान छ।सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमचन्द्र घिमिरेका अनुसार फेला परेका व्यक्तिको पहिचान खुल्ने कुनै कागजात फेला परेको छैन।

    सुरुमा जिल्ला सुरक्षा समितिको बैठकले उनलाई कानुनी प्रक्रियाका लागि अध्यागमन विभाग पठाउने निर्णय गरेको थियो। तर, अध्यागमन विभागले नै उनलाई आश्रम लैजान सुझाव दिएपछि प्रशासनले जनकपुर पठाएको स्रोतको दाबी छ। 

    प्रहरी प्रवक्ता घिमिरेले भने मानवीयताको नाताले उनलाई आश्रम पठाइएको बताएका छन्। ‘हाम्रो टोलीले उनलाई फेला पारेपछि उद्धार गरेको हो। उनी बोल्न सक्ने अवस्थामा थिएनन्। मानवीयताको नाताले उनलाई संरक्षण दिनु आवश्यक देखिएकाले जनकपुरस्थित मानवसेवा आश्रममा पठाइएको छ,’ डीएसपी घिमिरेले भने। 

    अवैध रूपमा भित्रिने विदेशी नागरिकलाई अध्यागमन विभाग बुझाउनु पर्ने कानुनी प्रावधान रहे पनि पहिचान लुकाएर आश्रममा राख्ने प्रशासनको यो कदमले शरणार्थी व्यवस्थापनको नीतिगत कमजोरीलाई पुनः उजागर गरेको छ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - ११:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij