Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक

हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक


  • 981
    Shares

    हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक
    images

    काठमाडौं । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोकिएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी–काठमाडौं सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै ती दुई मुख्य सडकखण्डमा सवारी साधन सञ्चालन रोकिएको जनाएको छ। वर्षाका कारण विभिन्न सडक अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएकाले आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

    उनका अनुसार यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गरिएको हो। हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक अर्को सूचना नभएसम्म बन्द गरिएको छ। उक्त सडक प्रयोग गर्ने सवारी साधनलाई मकवानपुरको चौघडामा होल्ड गरिनेछ। असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको उनले बताए।

    त्यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा चल्ने सवारी साधनलाई हेटौँडाको चौकीटोलमा होल्ड गरिनेछ। यस सडकमा सोमबार साँझ ५ बजेदेखि असार ३० गते मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको अधिकारीले जानकारी दिए।

     

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १७:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij