२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरूलाई भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिएको छ।
शनिबार र आइतबार बिहान गरी कीर्तिपुरबाट ३१ परिवारका ८९ जना सुकुम्बासीहरूलाई सुरक्षित बासस्थानका लागि खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको हो।
सरकारले थापाथली लगायतका बागमती नदी किनारका बस्ती हटाए पनि सुकुम्बासीहरूको स्थायी व्यवस्थापन अझै हुन सकेको छैन। अन्योलमा सुकुम्बासीको भविष्यसरकारले थापाथलीको सुकुम्बासी बस्ती खाली गराएर उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको थियो।
तर, वर्षासँगै आएको बाढीले सो सेन्टर नै जलमग्न भएपछि पीडितहरू पुनः विस्थापित हुनुपरेको छ। बारम्बार ठाउँ सर्नुपर्दा र स्थायी आवासको ग्यारेन्टी नहुँदा सुकुम्बासी परिवारहरूको बिचल्ली भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij