Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा झिनो अंकको गिरावट

नेप्सेमा झिनो अंकको गिरावट


  • 946
    Shares

    नेप्सेमा झिनो अंकको गिरावट
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.१३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ ।

    आज १२० कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज बैंकिङ, विकास बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, हाइड्रोपावर, जीवन बीमा र अन्य उप समुह घटेका छन् । आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरको इकाई कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १०.६६ प्रतिशतका दरले कमाएका छन् । कालंगा हाइड्रोका लगानीकर्ताले ६.९२ प्रतिशतका दरले कमाएका छन् ।  आज यसको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।  

    dfgg.JPG

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १५:२७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij