Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल


  • 7.2K
    Shares

    जसपा  सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै देशमा संविधानवाद स्थापना भएको दाबी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुननर्गठन गर्दै ठाकुर पक्षका ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री बनाएका छन् । 

    जसअनुसार राजेन्द्र महतो उपप्रधान एवं सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री भएका हुन् ।

    चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा ज्येष्ठ राज्यमन्त्री बनेका छन् । यसबाट अब चुनावमा जाने बाटो सहज भएको भन्दै ओलीनिकट एमाले नेता पाखरेलले खुसी व्यक्त गरेका हुन् ।

    ‘जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ,’ पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्, ‘अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं ।’

    प्रकाशित मिति :जेठ २२ २०७८ शनिवार - ११:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij