Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारका सबै सूचक घटे

शेयर बजारका सबै सूचक घटे


  • 1.4K
    Shares

    शेयर बजारका सबै सूचक घटे
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिवार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.६७ अंकले घटेर २,६०१ को विन्दुमा कायम भएको छ । 

    आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.५०, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, अन्य ०.१८ तथा व्यापार २.३६ प्रतिशत घटेको छ ।

    उपकार लघुवित्तको १२.६८ तथा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत बढेको छ । जनउत्थान लघुवित्तको ३.०९ तथा त्रिशुली जलविद्युतको २.७७ प्रतिशत मूल्य बढेको छ । सालपा विकास बैंकको ८.२८, थ्रीस्टार हाइड्रोपावरको ७.९२, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको छ । आज यसको ३५ करोड ५८ लाख रुपैयाँको ईकाइ कारोबार भएको छ । एबिएल डिबेञ्चरको २८ करोड ६५ लाख रुपैयाँको इकाई कारोबार भएको छ । बीओके डिबेञ्चरको २० करोड ८६ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

    tripureshwor-ghatana.jpg

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १५:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij