२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३०.०९ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ ।
आज २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटेको छ ।
स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १३.४१, उपकार लघुवित्तको १०.६९, सानीगढ हाइड्रोको ६.३६ तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ६.३२ प्रतिशत मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल क्रमशः रहेको छ ।
आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको ६२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनसीसी डिबेञ्चरको ४३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij