Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्री बालेन शाहलाई गाली गर्ने युट्युबर जेल चलान

प्रधानमन्त्री बालेन शाहलाई गाली गर्ने युट्युबर जेल चलान


  • 1.0K
    Shares

    प्रधानमन्त्री बालेन शाहलाई गाली गर्ने युट्युबर जेल चलान
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्रामको दुरुपयोग गरी प्रधानमन्त्री बालेन्द्र शाह तथा उनको परिवारलाई लक्षित गरेर अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पाँचथर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

    प्रधानमन्त्री र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत गालीगलौज तथा अश्लील सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेल विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको थियो । गत चैत २६ गते पक्राउ परेका पोखरेल विरुद्ध केही दिनअघि पाँचथर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो। 

    जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले गत असार १८ गते पोखरेलको मुद्दामा सुनुवाइ गर्दै तत्काल पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका सूचना अधिकारी सरस्वती नेम्वाङले जानकारी दिइन्।

    सूचना अधिकारी नेम्वाङका अनुसार ’हदेस जङ्गल’ नामक फेसबुक, टिकटक र इन्स्टाग्राम आइडी प्रयोग गरी प्रधानमन्त्री र उनको परिवारको मान-सम्मान तथा प्रतिष्ठामा आँच आउने गरी विभिन्न भिडियो, स्ट्याटस र अमर्यादित शब्दहरू पोस्ट गरिएको मिसिलबाट देखिएको छ।

    सामाजिक सञ्जालमा देखिएका तिनै विवादित सामग्री र भिडियोहरूलाई पुष्टि गर्दै पोखरेलले अदालतमा बयान दिएका थिए। प्रहरीले पोखरेलको साथबाट घटनामा प्रयोग भएको मोबाइल फोन, सिम कार्ड, पिन कार्ड र पेन ड्राइभ समेत बरामद गरी अदालतमा पेस गरेको थियो।   

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १३:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij