२०८३ श्रावण ११ गते सोमवार
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिको नयाँ मूल्य सूचीअनुसार नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ र रैथाने स्थानीय सानो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ कायम भएको छ।
यस्तै टनेलको सानो गोलभेँडा ३५ रुपैयाँ, रातो लाम्चो आलु ४२ रुपैयाँ, रातो गोलो तथा मुढे आलु ४० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु प्रतिकिलो ३० रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा भारतीय सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ।
कालीमाटी बजारमा लोकल गाजरको मूल्य प्रतिकिलो १०० रुपैयाँ र तराईको गाजर ९० रुपैयाँ रहेको छ। लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, भिन्डी ३० रुपैयाँ र पिँडालु प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ।
विशेषगरी च्याउतर्फ डल्ले च्याउको मूल्य प्रतिकिलो ४३० रुपैयाँ पुगेको छ भने कन्य च्याउ २८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउको मूल्य प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ। नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँमा पाइन्छ। कागती १७० रुपैयाँ, अनार ४५० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, लोकल लिची २५० रुपैयाँ र भारतीय लिची ३५० रुपैयाँ कायम भएको छ। सिजनको फल आँपको कुरा गर्दा मालदह आँप प्रतिकिलो १६० रुपैयाँ र दशहरी आँप १७० रुपैयाँमा बिक्री भइरहेको छ।
मसलाजन्य उपजतर्फ अदुवा प्रतिकिलो १८० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ ९५ रुपैयाँ, सुकेको चिनियाँ लसुन २०० रुपैयाँ र नेपाली सुकेको लसुन १७० रुपैयाँ तोकिएको छ। माछा बजारमा सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा ३२० रुपैयाँ निर्धारण गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij