Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बैतडीमा बस दुर्घटना: चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बैतडीमा बस दुर्घटना: चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर


  • 1.3K
    Shares

    बैतडीमा बस दुर्घटना: चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
    images

    काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ गैराखानमा शुक्रबार दिउँसो करिब ३ बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ख ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो।

    प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्।

    दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १६:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij