२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो।
यसँगै आज प्रतितोला सुन २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ६१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij