Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपा महाधिवेशन: दिउँसो साढे २ बजेसम्म ९८५ मत खस्यो, मतदानको समय ४ बजेसम्म थपियो

रास्वपा महाधिवेशन: दिउँसो साढे २ बजेसम्म ९८५ मत खस्यो, मतदानको समय ४ बजेसम्म थपियो


  • 1.7K
    Shares

    रास्वपा महाधिवेशन: दिउँसो साढे २ बजेसम्म ९८५ मत खस्यो, मतदानको समय ४ बजेसम्म थपियो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनका लागि चितवनको भरतपुरमा भइरहेको मतदानमा दिउँसो २:४० बजेसम्म ९८५ मत खसेको छ।रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूले उत्साहजनक रूपमा मतदान प्रक्रियामा भाग लिइरहेका छन्। 

    विद्युतीय मतदान प्रणालीमार्फत भइरहेको यो निर्वाचनमा अझै धेरै प्रतिनिधिहरू लाइनमा रहेकाले मतदानको समय थप गरिएको छ।निर्वाचन आयोगले सबै प्रतिनिधिहरूलाई समेट्नका लागि मतदानको समयसीमा बढाएर अपराह्न ४:०० बजेसम्म पुर्‍याएको जानकारी दिएको छ।

    यस महाधिवेशनबाट १ महामन्त्री, १ महिला उपसभापति, २ सहमहामन्त्री र १ महिला सहमहामन्त्री निर्वाचित हुनेछन्। मतदान प्रक्रिया सकिएलगत्तै गणना सुरु गरी आजै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij