२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको एक बचतकर्ताले आरोप लगाएकी छन् ।
सहकारीबाट पीडित सानु सापकोटाले सहकारीमा बचत गरेको रकम निवर्तमान अध्यक्ष आङबाबु राईले ठगेको भन्दै रुरल सहकारीका हालका सञ्चालक समिति अध्यक्ष र काठमाडौं महानगरपालिकामा उजुरी दिएकी छन् ।
निवेदनमा निवर्तमान अध्यक्षले ‘राम्रो ब्याज दिन्छु’ भन्दै विभिन्न समयमा रकम लिई सहकारीको पासबुकमा जम्मा गरिदिएको तर पछि रकम फिर्ता नगरी सम्पर्कविहीन भएको उल्लेख गरेका छन् ।
पीडितले रुरल डेभलपमेन्टका निवर्तमान अध्यक्षले फिर्ता रकम दिन भन्दै सिटिजन बैंक इन्टरनेसनल लिमिटेड, नयाँबजार शाखास्थित खाता नम्बर ०१५०१००००००३९०३० बाट २०७९ साल वैशाख १५ गते २ लाखको चेक काटेर दिएका थिए । तर उक्त चेक हालसम्म साटिन नसकेको र बाँकी रकमसमेत फिर्ता नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी दिएपछि अध्यक्ष राई सम्पर्कबाहिर रहेको उनले बताइन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij