Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा आकर्षण

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा आकर्षण


  • 1.1K
    Shares

    • images
    नेप्सेमा सामान्य गिरावट, फाइनान्समा आकर्षण
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १.४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । 

    आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५३ कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता शेयर निबेच हुँदा ४ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज फाइनान्स समूह उच्च दरले बढ्दा सो समूहमा रहेका कम्पनीमध्ये मञ्जुश्रीको मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशत बढेको छ । फाइनान्सका अलवा माइक्रोफाइनान्स ०.४२ प्रतिशत तथा व्यापार ०.९२ प्रतिशत बढे । बैंकिङ ०.१० अंक, विकास बैंक ०.०७, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य ०.२० प्रतिशत घटेको छ  ।

    शुक्रबार मात्रै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ३४५ रुपैयाँ पुगेको छ ।

    त्यस्तै सोपान फर्मास्युटिकल्सको ५.६६ तथा एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशत मूल्य बढेको छ । आज फाइनान्स समूह उच्च दरले बढ्दा सो समूहमा रहेका कम्पनीमध्ये मञ्जुश्रीको मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशत बढेको छ ।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ३.०४ प्रतिशत तथा भुजुङ हाइड्रोपावरको ३.०४ प्रतिशत घटेको छ  । आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।

    आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबिबिएल डिबेञ्चरको २८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    gf.JPG

     

    images
    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १५:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij