२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले पार्टीका विद्रोही नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बोलाएको बैठकमा सहभागी नहुन नेता कार्यकतालाई निर्देशन दिएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका हुन् ।
ओली पक्षीय एमालले नेपाल खनाल सहितका बहुसंख्यक नेतालाई पार्टीबाट निष्काशन गरिसकेको छ । प्रधानमन्त्री ओलीसँग चर्को मतभेद राखेको नेपाल–खनाल समूहले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij