Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा, अरुको भाउ कति ?

आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा, अरुको भाउ कति ?


  • 1.5K
    Shares

    आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा, अरुको भाउ कति ?
    images

    काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    money rate.jpg

    प्रकाशित मिति :आषाढ ६ २०८३ शनिवार - ०७:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij