Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि

नेप्सेमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि


  • 1.2K
    Shares

    नेप्सेमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजारमा झिनो वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०८ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । 

    आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ तथा व्यापार ०.६० प्रतिशत घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.५१, लगानी ०.५३, हाइड्रोपावर ०.३० र फाइनान्स ०.१४ प्रतिशत बढे । विकास बैंक ०.४६ अंक मात्रै हरियो रह्यो । दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ८०८.५० रुपैयाँ तथा एपोलोको ६९२.७० रुपैयाँ पुगेको छ ।

    त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ४.२४ प्रतिशत मूल्य बढेको छ। दोल्ती पावरको ३.३५, कालिन्चोक हाइड्रोपावरको २.६१ प्रतिशत मूल्य घटेको छ । 

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयााको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    fd.JPG

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १५:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij