२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जर्मन कम्पनीका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।
अख्तियार स्रोतका अनुसार विशेष अदालतबाट उनीहरूमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरिएको छ। यसअघि असार १ गते साँझ आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई समेत नियन्त्रणमा लिएको थियो।
महानिर्देशक अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नयाँ राहदानी छपाइमा भइरहेको ढिलाइबारे छलफलका लागि बोलाएर प्रारम्भिक सोधपुछ पश्चात् अख्तियारको जिम्मा लगाइएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकृतहरूले बताएका छन्। नयाँ राहदानी छपाइको ठेक्का प्रक्रिया र खरिदमा आर्थिक अनियमितता भएको आशङ्कामा अख्तियारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij