Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट, पुँजीगततर्फ ४३ अर्ब बढी

बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट, पुँजीगततर्फ ४३ अर्ब बढी


  • 1.3K
    Shares

    बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट, पुँजीगततर्फ ४३ अर्ब बढी
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। 

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको बताएका छन्।

    उनका अनुसार उक्त बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व तथा बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । 

    सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ, संचित कोष बचत विविध बचत १२ अर्ब ७६ ७९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

    उक्त बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १७:५५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij