२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सानिगाड हाइड्रोको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले सर्वसाधारणका लागि १०० रुरुपैयाँ अंकित दरका कुल ४६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो आइपीओमा २७ लाख ५९ हजार ४९० आवेदकबाट कुल ३ करोड १ लाख ३२ हजर ५०० कित्ता शेयर माग भएको थियो।
जसमा २७ लाख २७ हजार ५१५ आवेदकबाट माग भएको २ करोड ९७ लाख ५० हजार २१० कित्ता सदर भएको थियो भने ३१ हजार ९७५ आवदेन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेकै कारण उक्त आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ६७ हजार ४०० आवेदकले १० कित्तका दरले शेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये २२ लाख ९२ हजार ९० आवेदकको हात खाली भएको छ।
यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://lscapital.com.np/
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij