Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

आज बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै


  • 1.5K
    Shares

    आज बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै
    images

    काठमाडौँ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । यसबर्षको यो दिवस 'बाल श्रमलाई रातो कार्ड: बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कहरूका लागि मर्यादित काम ।' भन्ने नारासहित मनाइदैछ । 

    बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन ।

    बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन । बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाई रहँदा नेपालमा भने यो दिवसको औचित्य कति छ भन्ने प्रश्न खडा भएको छ । बालअधिकार र हकको विषयमा अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाइएका छन् । बालबालिकाको अधिकारमा कयौं वकालत, सभा सम्मेलन गरिए । तर बालअधिकार र उनीहरुको अवस्था जहाँ थियो त्यहि नै छ । बालअधिकारका मुद्दालाई अघि सारेर सरकारी र गैह्रसरकारी रकममा रमाउने अधिकारकर्मीहरु पनि कमी छैनन् यहाँ । दिवस मनाई रँहदा लाखौँको संख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन् ।

    बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन ।

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - ०६:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij