Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा झिनो सुधार, १२७ कम्पनीको मूल्य बढ्यो

नेप्सेमा झिनो सुधार, १२७ कम्पनीको मूल्य बढ्यो


  • 1.4K
    Shares

    नेप्सेमा झिनो सुधार, १२७ कम्पनीको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २.५७ अंकले बढेर २,७३६ को विन्दुमा कायम भएको छ । 

    आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनकिो ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.०७ अंक मात्रै बढेको छ । विकास बैंक ०.२१, फाइनान्स ०.०८, होटल तथा पर्यटन ०.५४, जलविद्युत् ०.६५, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत बढेको छ।

    लगानी ०.०८, जीवन बीमा ०.३२, निर्जीवन बीमा ०.२४, अन्य ०.०३ तथा व्यापार ०.४३ प्रतिशत घटेको छ । माइक्रोफाइनान्स समूह ०.४४ अंक घटेको छ ।

    तीन नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स, कालिन्चोक हाइड्रोपावर र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यी तीनै कम्पनी हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

    त्यस्तै सप्तकोशी विकास बैंकको १०.८७, बुंगल हाइड्रोपावरको ६.८० ६.१७ प्रतिशत मूल्य बढेको छ । उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशत घटेको छ । अपर लोहोरेखोलाको ६.७५ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड माथिको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिटी होटलको १६ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse.JPG

     



    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १६:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij