२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । देशका ६ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि सङ्घीय सरकारबाट कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान पाएका छन्।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार ६ महानगरपालिकामध्ये पोखराले सबैभन्दा धेरै र विराटनगरले सबैभन्दा कम अनुदान रकम प्राप्त गरेका हुन्।
सङ्घीय सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी चार शीर्षकमा स्थानीय तहलाई बजेट पठाउने गर्दछ।
कुन महानगरपालिकालाई कति अनुदान ?
१. पोखरा महानगरपालिका (सबैभन्दा धेरै): ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ
(समानीकरण: ४९ करोड ६७ लाख | सशर्त: २ अर्ब ६१ करोड ९१ लाख | समपूरक: ५ करोड ५० लाख | विशेष: १ करोड ८२ लाख)
२. काठमाडौँ महानगरपालिका: २ अर्ब २७ करोड ८८ लाख रुपैयाँ
(समानीकरण: ६७ करोड ७० लाख | सशर्त: १ अर्ब ६० करोड १८ लाख | विशेष र समपूरक अनुदान शून्य)
३. भरतपुर महानगरपालिका: २ अर्ब ५ करोड १७ लाख रुपैयाँ
(समानीकरण: ३९ करोड ६५ लाख | सशर्त: १ अर्ब ६१ करोड ७ लाख | समपूरक: २ करोड ५० लाख | विशेष: १ करोड ९५ लाख)
४. वीरगन्ज महानगरपालिका: १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ
(समानीकरण: ३५ करोड ३५ लाख | सशर्त: १ अर्ब ६० करोड ६७ लाख | समपूरक: १ करोड ६७ लाख | विशेष: ४० लाख)
५. ललितपुर महानगरपालिका: १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ
(समानीकरण: ३८ करोड ५९ लाख | सशर्त: ७६ करोड | विशेष र समपूरक अनुदान शून्य)
६. विराटनगर महानगरपालिका (सबैभन्दा कम): १ अर्ब ७ करोड २८ लाख रुपैयाँ
(समानीकरण: ३३ करोड ४३ लाख | सशर्त: ७३ करोड ८५ लाख |
विशेष र समपूरक अनुदान शून्य)विवरण अनुसार काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाले सङ्घीय सरकारबाट यसपटक विशेष र समपूरक अनुदान प्राप्त गर्न सकेका छैनन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij