२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सुदूरपश्चिम सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कांग्रेसले टुङ्गो लगाएको छ । मन्त्री हेरफेर अन्तर्गत पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न थालिएको हो ।
जसअनुसार कांग्रेसबाट बेलबहादुर राना मगर (कञ्चनपुर), मानवहादुर रावल (अछाम), जुना दानी (बाजुरा) छन् । उनीहरु तीनै जना दिवानसिंह बिष्ट पक्षका हुन् । यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षका दुई जना मन्त्री हुँदैछन् । जसअनुसार विक्रमसिंह धामी (दार्चुला) र मधु भारती (कञ्चनपुर) छन् ।
कांग्रेसभित्रको सन्तुलन मिलाउन दुई खेमाबाट सरकारमा सहभागी गराउन लागिएको हो । बिष्ट खेमाले केही दिन अघि संसदीय दलमा मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो ।
नवनियुक्त मन्त्रीहरुको शपथ आजै साँझ ६ बजे हुने बताइएको छ । एमालेबाट मन्त्री हुनेहरुको भने आजै शपथ हुने कि नहुने भन्ने टुङ्गो लागिसकेको छैन । एमालेभित्र बजेटपछि मन्त्री पठाउनुपर्ने भन्ने आवाज उठिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij