Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भन्सार छली गरी कोरोला नाकाबाट भित्र्याइएका गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छली गरी कोरोला नाकाबाट भित्र्याइएका गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा


  • 757
    Shares

    भन्सार छली गरी कोरोला नाकाबाट भित्र्याइएका गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
    images

    काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन अझै पनि सशस्त्रको नियन्त्रणमै रहेका छन्।  

    पक्राउ गरिएका ती गाडीहरूलाई नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा सशस्त्र प्रहरीको कडा निगरानीमा राखिएको हो। तीमध्ये ९६ वटा विद्युतीय गाडी कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५, सुइखेतमा सशस्त्र प्रहरीको प्रत्यक्ष निगरानीमा राखिएका छन् भने बाँकी गाडीहरू अन्य सुरक्षित स्थानमा राखिएका छन्। 

    सशस्त्र प्रहरी बलको विशेष टोलीले गत जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायतका विभिन्न क्षेत्रबाट यी गाडीहरू एकसाथ नियन्त्रणमा लिएको थियो। उक्त ठुलो अप्रेसनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नम्बर २५ चण्डिका गण पर्वत तथा नम्बर २४ कालिका गण कास्कीबाट विशेष टोलीहरू परिचालन गरिएको थियो।

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १६:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij