२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११.३७ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ ।
फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशत बढेको छ । योसँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च भएको छ । होटल तथा पर्यटन ०.०५ तथा निर्जीवन बीमा ०.०६ प्रतिशत बढेको छ ।
बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार ०.२३ प्रतिशत घटेको छ ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै उपकार लघुवित्तको मूल्य ९.७१, बेस्ट फाइनान्सको ७.५५ तथा सिटी होटलको ७.०६ प्रतिशत मूल्य बढेको छ । मूल्य बढ्नेमा आज विभिन्न बैंक तथा वित्तीय संस्थाका डिवेन्चर पनि अगाडि रहेको छ ।
होटल फरेस्ट इनको ४.२२, माबिलुङ इनर्जीको ४.१७, रिजलाइन इनर्जीको ३.८३, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको २.९९ प्रतिशत मूल्य घटेको छ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चर २०८५ को १८ करोड ८६ लाख रुपपैयाँको कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij