Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’: कुलमान घिसिङ

‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’: कुलमान घिसिङ


  • 792
    Shares

    ‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’: कुलमान घिसिङ
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन्। देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ ९ग्रिन रिभोल्युसन० मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताएका हुन् । 

    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताएका छन् । अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पारेका छन् । 

    पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ । हरित क्रान्तिको व्याख्या गर्दै उनले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताएका छन् ।

    उनले भने, ‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ । विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए । कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति । यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति ९ब्लु रिभोल्युसन० भनेर प्रश्तुत ग¥यो । तर निलो क्रान्ति धेरै समय टिक्दैन। अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो । यसले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, दिगो विकासको आधार तयार गर्छ, र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ । त्यसैले नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति भनेको हरित क्रान्ति नै हो, र यो हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ ।  

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १५:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij