Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रभु बैंकको १०% बोनस शेयर घोषणा

प्रभु बैंकको १०% बोनस शेयर घोषणा


  • 7.7K
    Shares

    प्रभु बैंकको १०%  बोनस शेयर घोषणा
    images

    काठमाडौं। प्रभु बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.५२% लाभांश घोषणा गरेको छ ।

    बैंक सञ्चालक समितिले १०% बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२% नगद लाभांश घोषणा गरेको हो। 

    बैंकले एक अर्ब तीन करोड रुपैयाँ बोनस शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकले वार्षिक साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले परित गरेसँगै शेयरधनीहरुले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् । 

    बैंकले अघिल्लो आर्थिक वर्षमा १६% बोनस शेयर दिएको थियो। दोस्रो बजारमा बैंकको शेयर मूल्य ३४२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

     

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १२:२०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij