२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको छ । मोबाइल सेवा सञ्चालनका लागि लाइसेन्स पाउन सफल नभएपछि सिजीले अन्ततस् फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो ।
सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन् । द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ ।
सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ । सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ । ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ ।
सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ । सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ । आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ ।
तत्कालका लागि कुमारीपाटी,जाउलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन् । कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धि जानकारी लिन सकिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij